Monday, November 30, 2015

नेपाल प्रवेश गरेका १३ जना हतियारधारी एसएसबी

नेपाली भूमिमा हातहतियार सहित प्रवेश गरेका भारतीय सिमा सुरक्षा बल १२ बटालियनका (एसएसबी)लाई नियन्त्रण लिएको १० घण्टापछि झापा प्रशासनले छाडेको छ । अन्ताराष्ट्रिय कानुन उल्लघन गर्दै आइरहेका भारतीय एसएसबीको दादागिरी बढको भन्दै स्थानीयले कडा कार्वाही गर्नुपर्ने मागराख्दै नाराबाजी गरेपनि झापाका प्रहरी प्रशासनले फिल्मी शैलीमा सुरक्षित साथ बोर्डरमा लगेर छाडी दिएका हुन् ।

नेपाल प्रवेश गरेका १३ जना हतियारधारी एसएसबीलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट केचनाले नियन्त्रण लिएका थिए ।
दुवै देशका सुरक्षा निकायको बैठक पश्चात आपसी समझदारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका एसएसबीहरुलाई कडा सुरक्षा दिई आफ्नै गाडीमा हालेर स्थानीयले हेर्ने पाउने नगरी बोर्डरमा लगेर भारतीय प्रशासन पक्षलाई जिम्मा लगाएका हुन् ।
झापाको दक्षिणी सीमावर्ती गाविस केचना सिमा देखि पूर्वपटी रहेको कादोगाउ बेस क्याम्पका एसएसबीले आइतबार विहान केचना– ४ स्थित नाजरा वगेमलाई घरमै गएर हातपात गरेपछि स्थानीयको सहयोगमा सशस्त्र प्रंहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । एसएसबीलाई नियन्त्रणमा लिए पश्चात स्थानीयले केचना बेस क्याम्प अगाडी भारतीय सुरक्षकर्मीको ज्यादतीको विरुद्ध नाराबाजी गदै कार्वाहीको माग गरेपनि प्रशासन पक्षले सुनवाई नगरेकाले स्थानीयको नाराबाजी र माग व्यर्थ गएका थिए ।
यसरी प्रवेशगरे नेपालीभूमिमा एसएसवी
झापाको केचना सिमादेखि १५०० मिटर पूर्व भारतको कादोगाउँ भन्ने स्थानमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को चेक पोष्ट रहेको छ । सो चेक पोष्टमा कार्यरत एसएसबीका जवानहरु तस्कर पक्राउ गर्ने बहानामा विभिन्न योजनाका साथ दशगजा मिचेर नेपाली भूमि प्रवेश गर्दै आइरहेको स्थानीयको भनाई । आइतबार विहान इन्धन तस्करलाई पक्राउ गर्ने क्रममा हतियारधारी १३ जना एसएसबी नेपालमा प्रवेश गरेका थिए । १३ जना एसएसबी मध्ये ९ जना बोर्डर छेऊको बासझारमा बसेका थिए भने, २ जना केचना ४ स्थित खुटटामी बस्ने लाल मोहम्मदको घरमा प्रवेश गरेका थिए । अरु दूई जना घर बाहिर सुरक्षा दिएर बसेका थिए । घर भित्र प्रवेशका दुई जना एसएसबीले तस्करी गरि ल्याएको सामान कहा छ भन्दै मोहम्मदका श्रीमती नाजरा आलमलाई हातपात गरेका थिए । आलमलाई हातपात गरेका एसएसबीलाई स्थानीय प्रतिकार गरेपछि छरिएर रहेको अन्य एसएसबी टोली पनि त्यहा आइपुगे । स्थानीय र एसएसबी पक्ष बिच विवाद सुरु भएलगतै स्थानीयकै सहयोगमा विहान साढे ४ बजे सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट केचनका प्रहरी निरीक्षक लगायतको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर पोष्टमा लगेको स्थानीय जब्बरसिह राजवंशीले बताए ।
माफमागेपछि छाडियो एसएसबीलाई
सञ्चारमाध्यमा समाचार प्रकाशित भएपछि झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको आदेशमा झापाका सहयाक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौला, सशस्त्र प्रहरी नायव निरक्षिक प्रेम प्रसाई, नेपाल प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहाल लगायतको टिम घटनास्थल पुगेका थिए । घटना स्थल पुगेपछि भारतीय सिमा सुरक्षा बलका कमान्डर डिबी नागी लगायत काउन्टर पार्टसंग लामो छलफल भएको थियो । लामो छलफल पश्चात नियन्त्रणमा लिएका एसएसबीलाई छाडिएको छ । ‘भूलवश नेपाल पसेको’ भन्दै क्षमायाचना गरेपछि एसएसबीका बटालियन कमान्डर जिबी नेगीलाई पक्राउ परेका भारतीय सुरक्षाकर्मी जिम्मा लगाइएको झापाका सहायक प्रजिअ डमरु निरौलाले जानकारी दिनुभयो ।

छलफलमा भएको वाँकी सहमतिको बिषयमा छलफलमा सहभागी टोलीका व्यक्तिलाई पटकै पिच्छे सोधेपनि हाम्रो जागिरको सवाल छ भन्दै प्रमुख जिल्ला अधिकारीलाई सोध्नु भन्दै टारेका थिए सहायक प्रजिअले ।
यता प्रमुख जिल्ला अधिकारीको नम्बरमा फोन आफू इटहरीमा भएको र घटनाको विस्तृत जानकारी सहायक सिडियोले दिनुहुन्छ भन्दै पन्छनु भयो । बुँदा गत रुपमा भएको लिखित सहमतिको बारेमा प्रशासनले सार्वजनिक गर्ने चाहेको छैन ।
को – को थिए पक्राउ परेका एसएसबी
१२ बटालियन अन्तरगत भारतीय सिमा सुरक्षा बल (एसएसबी) कादोगाउ बेस क्याम्पमा कार्यरत जवानहरु मध्ये रेहानकुमार, रामप्रसाद, मनमोहन, अनिरुद्ध कुमार, पवन कुमार लगायत १२ एसएसबीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए । उनीहरुलाई आधुनिक हातहतियार सहित नियन्त्रण लिएको बताइएको छ ।
माथिको आदेश भन्दै समाचार संकलनमा पत्रकारलाई रोक
भारतीय एसएसबीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बिषयमा सञ्चारकर्मीले थाहा पाएलगतै आइतबार विहान झापाली सञ्चारकर्मीहरुको एक टोली स्थलगत रिपोटिङ्ग गर्ने केचना पुगेको थिए । एसएसबी नियन्त्रणको बिषयमा समाचार वाहिर आएपछि घटनास्थलमा भारतीय सञ्चारकर्मी पनि पुगेका थिए । तर भारतीय सञ्चारकर्मीलाई भारतीय प्रशासन पक्षले समाचार संकलनमा कुनै रोक नलगाएको उल्टै भारतीय एसएसबीले सहयोग गरेको भारतीय मिडिया निकट एक पत्रकारले बताए । हिमशिखर टेलिभजनका सम्बादाता विगम श्रेष्ठका अनुसार क्यामेरा लिएर बेस क्याम्प प्रवेश गरेलगतै सशस्त्र प्रहरी नायव निरीक्षक प्रेम प्रसाईले बाहिर जानुस भनेर पठाएका थिए । उनले पेटोल नभएको बेला मोटसाइकल लिएर केचनामा रिपोटिङ्गमा गएको तर एसएसबीको एउटा किल्प र फोटो खिच्न नपाउदा आइतबारको दिन व्यर्थ गएको उनले बताए ।

0 comments:

Post a Comment