अभिनेता भुवन केसीले छोरालाई आफ्नै निर्देशनमा हिरो बनाउने सपना पूरा भएको बताएका छन्। काठमाडौंको सिटिसी मलस्थित सिने डाइनमा सोमबार आफूद्वारा निर्देशित फिल्म 'ड्रिम्स'को ट्रेलर लन्च कार्यक्रममा भुवनले भने, 'अनमोल हुर्केदेखि नै उसलाई हिरो लिएर फिल्म बनाउने मेरो धोको थियो। त्यो अहिले बल्ल पूरा भयो।'
भुवनका छोरा अनमोल केसी नायकका रुपमा देखा परेको तेस्रो फिल्म हो 'ड्रिम्स'। यसअघि 'होस्टेल' र 'जेरी'मा नायक बनेका उनी पनि बुवाको फिल्म खेल्न पाएकामा खुसी छन्। 'बुवाले सधैं स्तरीय फिल्म बनाउँदै आउनुभएको छ, 'ड्रिम्स' पनि राम्रो बनेको छ भन्ने लागेको छ,' अनमोलले भने।
यस फिल्मबाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि नायिकाका रुपमा डेब्यु गरेकी छिन्। सानो उमेरदेखि नै उनलाई फिल्म खेल्ने रहर थियो। तर भुवन केसीकै ब्यानरबाट ब्रेक पाउँछिन् भन्ने सोचेकी थिइनन्। त्यसैले सोमबार उनी बढी प्रशन्न थिइन्। 'यस मानेमा म आफूलाई लक्की ठान्छु,' उनले भनिन्।
दिवाकर भट्टराई एसोसियट डाइरेक्टर रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन्। लेखक तिमल्सेनाले फिल्मलाई भुवन र अनमोलको फ्युजनका रुपमा चिनाए। उनले भने, 'यो मसला लभस्टोरी हो तर रेगुलर लभस्टोरीभन्दा फरक छ, यसमा भुवन र अनमोल दुवै शैलीको लभ हेर्न पाइन्छ।'
काठमाडौं, पोखरा र मुस्ताङका समेत दृश्य हेर्न पाइने 'ड्रिम्स'लाई सञ्जय लामा र पुरुषोत्तम प्रधानले खिचेका हुन्। कपिल रिजाल र भानु फुयाल निर्माता, सत्यनारायण केयल र कृष्ण पाण्डे सहनिर्माता रहेको फिल्ममा विशेष, रोधित, हरकुलिस बस्नेतले संगीत, कविराज गहतराजले नृत्य, चन्द्र पन्तले फाइट र वनीष शाह तथा मिलन श्रेष्ठले सम्पादन सम्हालेका छन्। फिल्म फागुन २१ मा रिलिज हुँदैछ।
Tuesday, January 12, 2016
अनमोलको 'ड्रिम्स' फागुन २१ मा पूरा हुँदैछ !
January 12, 2016
Related Posts:
Tongue Twisters Trying to repeat tongue twisters without any mistake or interruption have always been fun for many … Read More
Play Angry Birds Play original Angry Birds, one of the most popular online flash games.It's interesting, fast and hassle-free. -- -- … Read More
अनमोलको 'ड्रिम्स' फागुन २१ मा पूरा हुँदैछ !अभिनेता भुवन केसीले छोरालाई आफ्नै नि… Read More
0 comments:
Post a Comment