Monday, January 4, 2016

नेपालमा आज अर्को भुकम्प !

आज मिति २०७२-०९-१९ गते नयाँ लोडसेडिङ तालिका संगै बिहान पख ठुलै भुकम्पको धक्का महसुस गरिएको छ ।

सो भुकम्पको केन्द्र भारतमा रहेको थियो । त्यसको धक्का नेपालसम्म पनि महशूस गरिएको छ । नेपाली समयअनुसार बिहान ४ बजेर ५० मिनेट जाँदा भारतको मणिपुरमा ६ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्प भारतको  मणिपुर इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर गएको थियो । भूकम्पको धक्का काठमाडौंसहित पूर्वी नेपालमा धेरै महशूस गरिएको थियो । बंगलादेशको राजधानी ढाकासम्म पनि धक्का पुगेको खबर छ ।

भूकम्पबाट भएको क्षतिको जानकारी आइसकेको छैन । भारतको असम, बंगाल, अरुणाञ्चल प्रदेश, विहार, झारखण्डसहितका राज्यमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको ठूलो झड्का महशुस गरेका पूर्वी नेपाल ईलाम, झापा, पाँचथर  लगायत क्षेत्रका वासिन्दा घरबाहिर निस्किएर बसेको झापाका स्थानीय वासिन्दा राम सुवेदीले जानकारी दिएका छन् ।

यता, आज बिहानै नुवाकोटमा पराकम्प गएको छ । बिहान ३ बजेर ४३ मिनेटमा ३ दशमलव ५ म्याग्नेच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । बैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिमा ४ सय २० भन्दा बढी पराकम्प गैसकेको छ ।

-imagekhabar

0 comments:

Post a Comment