यात्री
-लक्ष्मीप्रसाद देवकोटा
कुन मन्दिरमा जाने हो
कुन सामग्री पुजा गर्ने
साथ कसोरी लाने हो
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरम जाने हो
कुन सामग्री पुजा गर्ने
साथ कसोरी लाने हो
कुन मन्दिरमा जान्छौ यात्री
?
हाडहरुको सुन्दर खम्बा
मांसपिण्डको
दीवार
मlitस्कको सुनको छाना
इन्द्रीयहरुको
द्वार
नसा नदीका तरल तरङ्ग
मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री
साथी यात्री बीच सडकमा
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात,
चुम्छ तिलस्मीले करले उसले
सेवकहरुको माथ,
कुन मन्दिरमा जान्छौ यात्री
फर्क फर्क हे
जाऊ समाऊ
मानिसहरुको
पाउ
मलम लगाऊ हातहरुको
चहराइरहेको
घाउ
मानिसहरु भई ईश्वरको
त्यो
दिव्य मुहार हँसाऊ
कुन मन्दिरमा जान्छौ यात्री
सडक किनारा गाउँछ ईश्वर
चराहरुको तानामा
बोल्दछ ईश्वर मानिसहरुको
पिडा दु:खको
गानामा
दर्शन किन्तु कहिँ दिँदैन
चर्मचक्षुले
कानमा
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पुजा गर्ने
साथ कसोरी लाने हो
कुन मन्दिरमा जान्छौ यात्री ???
Click on the video to watch
CLICK HERE to download mp3 song
धन्यबाद !!!
0 comments:
Post a Comment