Saturday, February 13, 2016

गिद्दै गिद्दको सहर काठमाण्डु - सत्य घटना

तिनकुने हुदै घर आउदै थिए । साझ लगभग ६ बजे तिर दुईजना VS Niketan मा कक्षा ९ मा पढ्ने बहिनीहरु बस कुरिराको रैछन । दुबैजना चाबहिलमा डेरा गरि बस्दा रैछन । घर जानू पर्ने रे । किन यति ढिला भनेर सोध्दा स्कुलमा क्लास सक्केपछी के को हो मीटिङ थ्यो अनि त्यस्ले गर्दा ढिला भयो भने । उनीहरु आधा घन्टा देखि बस कुर्दै रहेछन्, खुट्टा दुखिसक्यो कुर्दा कुर्दा भन्दै थिए। उनिहरु म सग यती राम्ररी बोल्दै थिए कि मेरो नि बहिनी भएको भए कति रमाइलो हुन्थ्यो होला भनेर मैले मनमनै सोचे । रात पर्न आटिसकेको थ्यो, मैले केही सहयोग गर्न सक्छु कि जस्तो लाग्यो अनि मैले उनिहरुको लागि लिफ्ट मागिदेउ कि जस्तो लाग्यो । दुइजना भएकाले बाइकमा लिफ्ट सम्भब भएन त्यसैले बागमती पुल नजिकै गएर गाडीहरु रोक्न प्रयास गरे । लामो प्रयासपछि मैले रोक्नुस भनेर एउटा कारलाई संकेत गरेको गाडीले झ्याप्प ब्रेक लगायो । ड्राइभरको बायाँ तर्फ बसेको मान्छेले उस्को झ्यालको सिसा खोलेर मुख बङ्य्याउदै भन्यो "बिचबाटोमा बसेर मर्न मन छ कि के हो ? आँखा छैन? " म चुप लागेँ। यति भन्न नपाउदै उस्को गाडी हुइकिहाल्यो । एकछिनपछि फेरि अर्को कार रोक्न सफल भए । लोग्नेस्वास्नी रैछन । लोग्ने चै गाडी ड्राइभर रैछ । नौ लट को त्यो गाडी छुदा पनि हातको दाग लाग्ला जस्तो थियो । फेरि रिसाउने पो हुन कि जस्तो लाग्यो । त्यही पनि मेरो कुरा भनिहालेँ । मेरो कुरा सुनेपछि लोग्ने चै ले हुन्छ भन्यो तर कुरा टुङ्गिन नपाउदै कालो चस्मा लगाएकी उस्कि मोटि स्वास्नी कराउन थाली "हजुर पनि कस्तो मान्छे ? जोस्ले जे भने नि हुन्छ भन्ने ? कस्ता केटि हुन्, अर्काका छोरीलाई लग्दिदा भोलि कुनै झन्झट आइलाग्यो भने के गर्ने नि ?? हिजो भर्खर गाडी सर्बिसिङ गरेको बिर्सिनु भो ?? जो पायो तेइलाई गाडीमा राख्दा फोहोर गर्दिए भने कोस्ले सफा गर्ने ?? २५० रुपियाको तेल हालेको यस्तै माग्नेहरु बटुल्न हो ?? " त्यो सुनेपछी उस्को जोइटिङ्रे लोग्नेले गियर बढायो अनि हुइक्यायो । म ती बहिनीहरुको अगाडी जान पनि सकिन । टाढा बाटै हेरिरहे । एक्छिन मा एउटा खुट्टापनि हाल्न नसकिने जस्तो गाडी आयो अनि ठेलमठेल गर्दै ती बहिनीहरु गए । मनमनै आफैलाइ धिक्कारे अनि मनमनै आफैलाइ प्रश्न गरे "कहाँबाट आउँछ यो मान्छेलाई यस्तो अहंकार ? कता गयो मानबता ? अनि कति कठोर मन ! " बुढापाकाले भन्थे " काठ्मान्डौ, गिद्दै गिद्ध् को सहर ! " हो रैछ ।

- Physicist Saurav #CarpoolKathmandu

तर जमाना खराब छ, न त जो पायो त्यहीको "लिफ्ट"मा बिस्वास गर्न सकिन्छ न त लिफ्ट माग्ने मान्छेमा । यसो सोच्दा, धनी-मानी भनाउदाहरुको बेजत्ती भन्दा बरु इज्जतका साथ कोचिएर मर्नु जाती ! - सम्पादकीय

0 comments:

Post a Comment