Thursday, June 2, 2016

मनिषा घर्तिमगरको हत्या प्रकरण !

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरको बहिनी मनिषाको घाँटीमा परेको दबाबका कारण मृत्यु भएको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ । त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम विभागका चिकित्सकले मनिषाको घाँटीमा ठूलो दबाब परेर मृत्यु भएको र त्यो झुण्डिएको (ह्याङगिङ) सँग मेल खाएको बताएका छन् । ‘अहिलेसम्म उहाँको शवको परीक्षण गर्दा घाँटीमा ठूलो दबाब परेको कारण मृत्यु भएको पत्ता लागेको छ । जुन ह्याङगिङसँग मेल खान्छ ।’ फोरेन्सिक विभागका प्रमुख हरिहर वस्तीले भने, ‘मृत्युको अन्य विस्तृत जानकारी पाउन अझैं केही दिन कुर्नुपर्ने हुन्छ । सम्पूर्ण ल्याब परीक्षणबाट मात्रै सबै जानकारी पाउन सकिएला ।’

सामाजिक सन्जालमा यो रिपोर्टलाई माथिको दबाबमा घटना छोप्न खोजिएको भन्ने आलोचना छ । थप जानकारी आउन बाकी ।

0 comments:

Post a Comment