Thursday, June 2, 2016

बनेपामा बाढिले २ जना बगायो

मंगलबार साँझ परेको बर्षाका कारण आएको भेलले बगाएर दुई जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन । भारी बर्षापछि आएको भेलले बगाएर बनेपा नगरपालिका ४ का ५८ बर्षका मोहन हादरु थापा र पाँचखाल नगरपालिकाका ९ का ११ बर्षिय बालक आशिष काफ्लेको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
थापाको बनेपाको पुण्यमती खोलामा बुधबार बिहान शव फेला गरेको थियो भने काफ्लेको मंगलबारै पाँचखालमा शव फेला परेको प्रहरी उपरीक्षक बास्तोलाले जानकारी दिनुभयो ।
मंगलबारै बेलुका हराएका टुकुचा नालाका जितबहादरु सार्कीको भने खोजी कार्य भइरहेको बास्तोलाले जानकारी दिनुभयो । बनेपामा अव्यवस्थित रुपमा बढदै भएको बसाईले गर्दा बर्षेपिच्छे भेलकै कारण ठुलो जनधनको क्षति हुने गरेको छ ।
मंगलबारको भारी बर्षापछि बनेपाको बजार जलमग्न भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुकदेव खनालका अनुसार मंगलबार पुल बजार र तरकारी बजारमा आएको भेलका कारण अरनिको राजमार्ग अन्र्तगत बनेपामा आठ घण्टा सडक अवरुद्ध हुदाँ पुर्वी जिल्ला आएका हजारौ यात्ररहरु अलपत्र परेका थिए ।

0 comments:

Post a Comment