Sunday, June 10, 2012

चुरोट तान्नेले डाक्टर बन्न नपाउने


१९ जेठ, काठमाण्डौं ।  


स्वास्थ्यमन्त्री राजेन्द्र महतोले बिहीबार नयाँ प्रस्ताव गर्नुभयो- धूम्रपान गर्नेलाई स्वास्थ्य सेवामा प्रवेश गर्न दिइनेछैन  । विश्व धुम्रपान दिवसको अवसर पारेर उहाँले स्वास्थ्य सेवा ऐन संशोधन गरेरै भएपनि यस्तो प्रावधान राख्न सम्बन्धित सवैलाई निर्देशन दिनुभएको खबर आजको नागरिक दैनिकले छापेको छ ।

‘अरु नभए पनि स्वास्थ्य क्षेत्रमा  प्रवेश गर्नेहरुलाई धुम्रपान गर्न रोक लगाउनुर्छ,’ विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो प्रस्ताब राख्नु भयो -’स्वास्थ्य ऐन संशोधन गरेरै भएपनि स्वास्थ्य सेवा अन्तर्गत काम गर्न धुम्रपान गर्दिन भन्ने शर्त अनिवार्य गराउनुहोस् ।’

स्वास्थ्य सचिब डा प्रविन मिश्रले पनि मन्त्रीको प्रस्तावलाई समर्थन जनाउँदै स्वास्थ्य सेवा ऐनमा यस्तो व्यवस्था गर्न तत्कालै पहल थाल्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार चुरोटबाट बाषिर्क झण्डै साढे ४ अर्ब र बिँडीबाट २५ लाख राजश्व उठेपनि सूर्तीजन्य रोगको उपचार र रोकथाममा हुने खर्च त्यो भन्दा निक्कै बढी रहेको उनीहरुले बताएका छन् ।

0 comments:

Post a Comment