Sunday, June 10, 2012

५ रुपैयाँभन्दा कम दान दिन नपाईने भन्दै विराटनगरमा भिखारीको जुलुश


विराटनगर, जेठ १३ । संघीयतामा आफ्नो हक अधिकार सुनिश्चित हुनु पर्ने माग गर्दै विराटनगरमा भिखारीहरुले पनि जुलुश निकालेका छन् । भिखारी एकता समाजको नाममा जुलुश निस्किएको हो । उनीहरुले ५ रुपैयाँभन्दा कम दान दिन नपाईने व्यवस्था गर्न पनि माग गरेका छन् । विराटनगरको कालीमन्दिरबाट सुरु भएको जुलुशले विराटनगरका विभिन्न ठाउको परिक्रमा गरेको छ ।



जुलुशमा ६०–७० जना भिखारी सहभागि थिए । संविधान जारी गर्न एक दिन मात्र बाँकी रहेको अवस्थामा विभिन्न समुहहरुले आ आफ्नो माग राखी धर्ना जुलुश गरिरहेका बेला विराटनगरका भिखारीपनि  हक अधिकार खोज्दै प्रदर्शनमा उत्रिएका हुन् ।

0 comments:

Post a Comment