प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सबै समस्या दस दिनभित्र समाधान हुने बताएका छन्।
मधेस आन्दोलन र नाकाबन्दी अब लामो समय नजाने बताउँदै प्रधानमन्त्री ओलीले भने, 'दस दिनभित्र सबै समस्या समाधान हुन्छ।' विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रम ओलीले सार्वभौम नेपाली जनताको चाहना, आकांक्षा र जनभावनाअनुसार संघीयता, प्रदेश, नामांकन र सीमांकन तय हुने बताए।
यसका लागि राजनीतिक समयन्त्र बन्ने उनले स्पष्ट गरे।पुस मसान्तसम्म मधेसी मोर्चाले नाका केन्द्रित आन्दोलन जारी राख्ने संकेत गरेको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले मोर्चाले त्यत्रो बिघ्न समय नलगाउने बताउँदै भने, ‘धर्ना अब धेरै लामो समयसम्म जाँदैन।'
प्रधानमन्त्री ओलीले कालोबजारीमा संलग्नलाई नछाडिने बताउँदै कारबहीको दायरामा ल्याइने बताए। अहिलेको परिस्थितिमा केही फाइदा लिनेले गरेको कामलाई सरकारले निगरानी गरेको बताउँदै प्रम ओलीले भने, 'कालोबजारीमा संलग्नलाई त्यसै छाडिने छैन।' आपूर्ति सहज गराउने र सामान्य अवस्था ल्याउन सरकारका निकाय परिचालित हुने उनले बताए।
मन्त्रालय टुक्र्याएको विषयमा आएको टिप्पणीको विषयमा मन्त्री ओलीले सरकार टिकाउन नभएर आफूहरू जनताकै मान्छे भएको र यसमा धेरै विरोध नभएको बताउँदै ओलीले मन्त्रालय थप्ने काम गलत नभएको बताए। प्रम ओली झापाको दमकमा हुने कार्यक्रममा सहभागी हुन आएका हुन्। -अन्नपूर्ण
Thursday, December 31, 2015
१० दिनमा नेपाल समस्या मुक्त
December 31, 2015
Related Posts:
Are You " KP Oling " me ?"Are you KP Oling me ?" equals "Are you kidding me ?" In short, people were not getting proper food, shelter and gas while KP Oli was advocating to provide gas from pipeline ! Funny, right ? It all started back when present p… Read More
KP Oli, Prime Minister Of Nepal After the application of constitution 072 in Nepal, honorable Mr. K.P Oli has been elected as new prime minister of Nepal under newly adopted constitution against another candidate Mr. Sushil Koirala ( honorable for… Read More
१० दिनमा नेपाल समस्या मुक्तप्रधानमन्त्री केपी शर्मा ओलीले देशक… Read More
0 comments:
Post a Comment